संयुक्त राष्ट्र सङ्घिय अङ्ग युनेस्को द्वारा बहुमूल्य सम्पदाका रूपमा सुचिकृत विश्वका स्मारक र स्थानहरूलाई युनेस्को विश्व सम्पदा क्षेत्र भनिन्छ ।[१] यूनेस्कोले कुनै पनि राष्ट्रको विशेष सांस्कृतिक महत्त्व राख्ने (जस्तै वन, पहाड, ताल, द्वीप, मरुभूमि, स्मारक, भवन, वा शहर) धरोहरहरूलाई आफ्नो सुचिमा सूचीबद्ध गर्ने गर्दछ । जुन विश्व सम्पदा समिति द्वारा चयन गर्ने गरिन्छ र यसै समितिले यस सम्पदा क्षेत्रलाई रेखदेख युनेस्कोको तत्वाधानमा गर्दछ ।
यस कार्यक्रमको उद्देश्य विश्वको यस्तो स्थलहरूलाई सूचीबद्ध गर्ने तथा संरक्षित गर्ने हुन्छ जुन विश्व संस्कृतिको दृष्टिले मानवताको लागि महत्त्वपूर्ण हुन्छ । केहि खास परिस्थितिमा यस्तो सम्पदाहरूलाई यस समिति द्वारा आर्थिक सहयोग पनि प्रदान गर्ने गरिन्छ । सन् २०१३ सम्ममा १६० राष्ट्रका ९८१ क्षेत्रलाई विश्व सम्पदाका रूपमा सूचीकृत गरिएको छ जसमा ७५९ सांस्कृतिक, १९३ प्राकृतिक र २९ मिश्रत रहेका छन् ।[२]
प्रत्येक सम्पदा क्षेत्र त्यस देशको विशेष सम्पति हुन्छ, जुन देशमा त्यो स्थल रहेको हुन्छ तर अन्तर्राष्ट्रिय समुदायको हितमा पनि यहि बेश हुन्छ कि आउने पिढीलाई तथा मनावताको हितको लागि पनि यस्ता विशेष सम्पदाको संरक्षण गरियोस । तथापि पुरै विश्व समुदायलाई यसको संरक्षणको जिम्मेवारी रहन्छ ।[३]
हस्ताक्षर | १६ नोभेम्बर १९७२ |
---|---|
स्थान | पेरिस,फ्रान्स |
कार्यान्वयन | १७ डिसेम्बर १९७५ |
अवस्था | २० अनुममर्थन |
सदस्य | १९१ (१८७ संयुक्त राष्ट्र संघको सदस्य राष्ट्र साथै कुक टापु, द होलि सी, नियु र प्यालेस्टाइन) |
जम्माकर्ता | संयुक्त राष्ट्र शैक्षिक, वैज्ञानिक एवं सांस्कृतिक सङ्गठनको महासचिब |
भाषाहरू | अरबिक, अङ्ग्रेजी, फ्रेञ्च, रसियन र स्पेनी |
सन् १९५९ मा इजिप्ट सरकारले अस्वान बांध बनाउने निश्चय गर्यो । यसले प्राचीन सभ्यता बोकेको नाइल नदी छेउको उपत्यका नुबियामा रहेको अनेकौ बहुमुल्य खजानाहरूलाई बाँधको पानीले बगाउनु निश्चित थियो । त्यस समय युनेस्कोले इजिप्ट र सुडान सरकारलाई आग्रह गर्नुका साथै यसको रक्षा गर्नका निमित्त विश्वव्यापी रक्षा उपाय अभियान चलायो ।[४] यस अभियानले गर्दा यो निश्चित गरियो कि त्यहाँ रहेका हजारौं पुरातात्विक सम्पदाहरू र सबैभन्दा एतिहासिक र चर्चित अबु सिम्बल र फिलेलाई कुनै अग्लो स्थानमा पुनर्स्थापित गरियो । यस अभियानको अन्त्य सन् १९८० मा भयो जसलाई पूर्ण रूपले सफल मानियो । विशेष रूपले अभियानमा सहयोग गर्ने राष्ट्रलाई इजिप्टले आफ्नो चारवटा मन्दिरहरू उपहार स्वरूप प्रदान गर्यो जसमा: डेनडुर मन्दिरलाई न्यु योर्क सहरको महानगरीय कला सङ्ग्रहालयमा, डेबोद मन्दिरलाई म्याड्रिडको पार्क डेल ओएस्तोमा, तफेह मन्दिरलाई नेदरल्याण्डको रिज्क्स सङ्ग्रहालयमा र इलिसिया मन्दिरलाई तुरिनको म्युजियो इगीजियोमा सारिएको थियो। [५]
यस परियोजनाको लागत लगभग $८० मिलियन थियो जसमध्ये $४० मिलियन ५० राष्ट्रहरूबाट जम्मा गरिएको थियो । यस अभियानलाई व्यापक रूपमा पूर्ण सफलता मानिएको थियो र यसै अभियानबाट प्रेरित भएर अनेकौँ अभियान चलाईयो (जस्तै भेनिस र उसको लगुनको संरक्षण इटालीमा, मोहन जोदडो पाकिस्तानमा र इन्डोनेसियामा बोरोबोदर मन्दिर प्राङ्गन) । त्यस पश्चात युनेस्कोले अन्तर्राष्ट्रिय स्मारक तथा स्थल परिषदसँग पहल गरेर एउटा सम्मेलन गर्यो जसले मानवताको सार्वजनिक साँस्कृतिक धरोहरहरूलाई संरक्षण गर्नेछ ।
सर्वप्रथम संयुक्त राज्यले सांस्कृतिक संरक्षणको प्राकृतिक संरक्षण संगै सँयुक्त गर्ने सुझाव दिएको थियो ।
कुनै पनि देशले सर्वप्रथम आफ्नो महत्त्वपूर्ण सांस्कृतिक र प्राकृतिक सम्पदाको एउटा सूची बनाउनु पर्ने हुन्छ । यसलाई प्रारम्भिक सूची पनि भन्ने गरिन्छ । यो आवश्यक छ, किन भने त्यो राष्ट्रले यस्तो कुनै सम्पदालाई नामाङ्कन नगरोस जसको नाम त्यस सुचिमा पहिले देखि नै सम्मलित छैन अर्को त्यस राष्ट्रले यस सुचि मध्ये कुनै सम्पदालाई चयन गरेर नामाङ्कन फाइलमा हाल्न सक्छ । विश्व सम्पदा समितिले कुनै पनि राष्ट्रलाई फाइल बनाउदा चाहिएको सल्लाह तथा सहयोग गर्ने कार्य गर्दछ ।
त्यस फाइललाई स्वतन्त्र रूपले दुई सङ्गठनहरु अन्तर्राष्ट्रिय स्मारक तथा स्थल परिषद तथा विश्व संरक्षण सङ्घद्वारा मुल्यांकन गर्ने गरिन्छ । यस संस्थाहरूले पछि विश्व सम्पदा समितिलाई सूचीको सिफारिश पठाउछ । समितिको बैठक वर्षमा एक पटक हुन्छ जसमा नामांकित सम्पदालाई विश्व सम्पदा सूचीमा राख्ने अथवा नराख्ने भन्ने बिषयमा निर्णय गर्ने गरिन्छ । जानकारी अपुग भएको अवस्थामा यस समितिले आफ्नो निर्णयलाई सुरक्षित राख्दछ । युनेस्कोले कुनै पनि सम्पदालाई सूचीमा सुचिकृत गर्न १० मापदण्ड बनाएको छ जसमध्ये सुचिकृत हुन कम्तीमा एउटा मापदण्ड पुरा गर्नु पर्दछ ।
युनेस्को विश्व सम्पदा क्षेत्रमा नेपालका विभिन्न सम्पदा (सांस्कृतिक र प्राकृतिक) लाई सूचीकृत गरिएका छन् । सांस्कृतिक सम्पदा अन्तर्गत काठमाडौँ उपत्यकाभित्रका सात स्मारक क्षेत्र (तीन वटा ऐतिहासिक दरवार, दुई वटा बौद्ध स्तुप र दुई वटा हिन्दू मन्दिर स्मारक) र लुम्बिनी तथा प्राकृतिक सम्पदा अन्तर्गत चितवन र सगरमाथा राष्ट्रिय निकुञ्ज रहेका छन्। उपत्यकाका ती सम्पदालाई सन् १९७९ मा युनेस्कोले विश्व सम्पदा क्षेत्रमा सूचीकृत गरेको थियो ।
यस वाहेक नेपालले सन् १९९६ र त्यसपछिका वर्षमा गरी अहिलेसम्म १५ वटा विभिन्न सम्पदालाई विश्व सम्पदा सूचीमा समावेश गर्न युनेस्कोसमक्ष आग्रह गरेको छ । यी सम्पदाका बारेमा भने निर्णय हुन बाँकी छ । नेपालद्वारा प्रस्तावित सम्पदा हुन् :-