२१औँ शताब्दीशताब्दीमाइस्वी सम्वत् युगको वर्तमान शताब्दी हो। यो सन् २००१ जनवरी १ मा सुरु भयो र सन् २१०० डिसेम्बर ३१ मा समाप्त हुनेछ।[१]विक्रम सम्वत् पात्रो अनुसार यो वि.सं. २०५७ पौष १७ मा सुरु भएर वि.सं. २१५६ पौष १६मा समाप्त हुनेछ।
२१औँ शताब्दीको सुरुवातमा विश्वव्यापी अर्थतन्त्र र तेस्रो विश्व उपभोक्तावादको उदय र निजी उद्यममा बृद्धि देखिएको थियो। सन् २००१ मा सेप्टेम्बर ११ को हमलाको आतङ्कवादी हमलापछि, आतङ्कवाद विश्वव्यापी चिन्ताको विषय भएको छ।[२][३][४] सन् २००० को दशकको प्रारम्भमा अफगानिस्तान र इराकमा नाटो हस्तक्षेप र सन् २०१० को सुरुवातको अरब वसन्तको समयमा धेरै अरब मुलुकमा शासन परिवर्तन हुँदै अरब राष्ट्रहरूमा मिश्रित परिणामहरू निम्त्याएको थियो जसको परिणामस्वरूप धेरै देशमा गृहयुद्ध तथा राजनीतिक अस्थिरता वृद्धि भएको थियो।[५]संयुक्त राज्य अमेरिकाविश्वव्यापी महाशक्तिमा कायम रहेको छ, जबकी चीनलाई अहिले एक उदीयमान महाशक्ति मानिन्छ।
प्रारम्भिक सन् २०२० को दशकको प्रारम्भमा कोभिड-१९ महामारी कारणले विश्वभरिका ५ लाख जनाको मृत्यु भएको थियो। सन् १९३० भीषण मन्दी यता कै ठूलो विश्वव्यापी आर्थिक शिथिलता देखा परेको छ।
ज्ञान र सूचना
दस्तावेजीकरण गरिएको इतिहासको सुरुदेखि सन् २००३ सम्म मानवताको सम्पूर्ण लिखित कार्यहरूको, सबै ज्ञात भाषाहरूमा पाँच एक्साबाइट डेटा अनुमान गरिएको छ।[६][७] सन् २००३ देखि, सामाजिक सञ्जाल र "प्रयोगकर्ताद्वारा उत्पन्न सामग्री" को सुरुवातसँगै, समान मात्राको डेटा प्रत्येक दुई दिनमा सिर्जना गरिन्छ।[८] मानव ज्ञान र सूचनाको वृद्धि घातीय दरमा जारी रहेको छ।
२१औँ शताब्दीको प्रारम्भमा दूरसञ्चारहरू २०औँ शताब्दीको अन्ततिरको तुलनामा धेरै उन्नत र विश्वव्यापी छन्। सन् १९९० को दशकको उत्तरार्धमा विश्वको केही प्रतिशत जनसङ्ख्यासम्म मात्र इन्टरनेट र मोबाइल फोनको पहुँच थियो। सन् २०१८ को अनुसार, विश्वको ५५% जनसङ्ख्याले इन्टरनेटको प्रयोग गर्दछन् भने सन् २०१९ को तथ्याङ्क अनुसार, अनुमानित विश्वको ६७% मानिसमा मोबाइल फोन पुगेको छ।[९] सन २०१० को दशकमा, कृत्रिम बौद्धिकताको प्रयोग अत्याधिक मात्रामा बढेको देखिन्छ। इन्टरनेटको प्रयोग बढ्दो छ। सन् २०१७ मा, विश्वको जनसङ्ख्याको १४% अझै पनि बिजुलीको अभाव रहेको तथ्याङ्कमा उल्लेख छ।[१०]
अर्थशास्त्र, शिक्षा र सेवानिवृत्ति
आर्थिक र राजनीतिक रूपमा, संयुक्त राज्य अमेरिका र पश्चिमी युरोप शताब्दीको सुरुमा प्रभावशाली थिए। सन् २०१० को दशकमा, चीन एक उदीयमान विश्वव्यापी महाशक्ति र विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र बनेको थियो। क्रय शक्तिको मामिलामा, सन् २०११ को छेउछाउ भारतको अर्थव्यवस्था जापानको भन्दा ठूलो भएको थियो।[११]
बिटकोइन र अन्य क्रिप्टो मुद्रा विकेन्द्रीकृत मुद्रा हुन् जुन कुनै पनि केन्द्रीय बैंकद्वारा नियन्त्रित हुँदैनन्। यी मुद्राहरू इन्टरनेटको विस्तारित उपलब्धताको कारणले विश्वव्यापी रूपमा लोकप्रियतामा बढ्दै गएको छ र मुख्य रूपमा मूल्यको भण्डारको रूपमा प्रयोग गरिन्छ।
विश्व घटनाहरू
सन् २००१-२००९
२० जनवरी: जर्ज डब्लु बुसले संयुक्त राज्य अमेरिकाको ४३औँ राष्ट्रपतिको रूपमा सपथ ग्रहण गरेका थिए। उनी बुस परिवारको दोस्रो राष्ट्रपति हुन्।
१ अप्रिल: नेदरल्यान्ड समलिङ्गी विवाहलाई वैधानिकता दिने विश्वको पहिलो देश बनेको थियो।
१३ मे: पुरातन मिडिया म्याग्नेट सिल्भिओ बेर्लुस्कोनी इटालीमा आम निर्वाचन जितेर देशको प्रधानमन्त्री बनेका थिए। बर्लुस्कोनीले दशकभर इटालीको राजनीतिक जीवनमा प्रभुत्व जमाएका थिए।
११ सेप्टेम्बर: सेप्टेम्बर ११ आक्रमण - १९ जना अल-कायदा आतङ्कवादीहरूले चार व्यावसायिक विमान अपहरण गरेका थिए र तिनीहरूमध्ये दुईवटा विश्व व्यापार केन्द्र, र एउटा पेन्टागनमा ठोक्काइएको थियो र अर्को संयुक्त राज्य अमेरिकाको पेन्सिलभेनियाको सान्क्सभिलको मैदानमा दुर्घटना भएको थियो। यस घटनामा लगभग ३,००० मान्छे मारिएका थिए। राष्ट्रपति जर्ज डब्लू बुसले यस घटना पछि आतङ्कवाद विरुद्धको युद्धको घोषणा गरेका थिए।
२००१-२०१४ -अफगानिस्तानमा अक्टोबर ७, २००१ उत्तरी गठबन्धन र नाटो -नेतृत्वको आक्रमण, र अल-कायदा-समर्थित तालिबान सरकार अपदस्त भएको थियो। अल-कायदाका नेता ओसामा बिन लादेनको खोजी कार्य जारी रहेको थियो। लादेनलाई १० वर्ष पछि, मे २, २०११ मा अमेरिकी सेनाले हत्या गरेका थिए।
२००३-वर्तमान - फेब्रुअरी २००३ मा, सुडानको डार्फरमा द्वन्द्व सुरु भयो र चाँडै पूर्ण स्तरको युद्धमा परिणत भयो। सन् २००८ सम्ममा ४००,००० मानिसहरू मारिए र २५ लाख भन्दा बढी विस्थापित भएको विश्वास गरिएको थियो।
२००३-२००५ - रङ्ग क्रान्ति भनेर चिनिने अहिंसात्मक क्रान्तिको शृङ्खलाबाट जर्जिया, युक्रेन, किर्गिस्तान र लेबनानमा सरकारहरू ढलेका थिए।
२००३
डिसेम्बर: लिबियाले स्वेच्छिक रूपमा सामूहिक विनाशका सबै हतियारहरू हटाउने लिबियाका नेता मुअम्मर गद्दाफीले घोषणा गरेका थिए।
२००४
११ मार्च: स्पेनको म्याड्रिडकबध सेर्कानियास कम्युटर ट्रेन प्रणालीमा दश विष्फोट भएको थियो, जसमा १९१ व्यक्तिको मृत्यु र २,००० भन्दा बढी घाइते भएका थिए।
१ सेप्टेम्बर: चेचेन विद्रोहीहरूको समूहले तीन दिनसम्म हजारौंलाई बन्धक बनाएर बेस्लानको विद्यालयमा आक्रमण गरे। गोलीबारी र बम विष्फोटको शृङ्खलाले ३३४ जनाको ज्यान लियो र ७५० जना घाइते भए।
११ नोभेम्बर: प्यालेस्टाइनी नेता तथा प्यालेस्टाइन मुक्ति सङ्गठनका अध्यक्ष यासेर अराफातको ७५ वर्षको उमेरमा हेमोरेजिक स्ट्रोकका कारण फ्रान्समा निधन भएको थियो।
१८ नोभेम्बर: म्यासेचुसेट्स समलिङ्गी विवाहलाई वैधानिकता दिने पहिलो अमेरिकी राज्य बनेको थियो।
२००५
७ जुलाई: चार इस्लामी चरमपन्थी आत्मघाती आक्रमणकारीद्वारा लन्डनमा तीनवटा बम विष्फोट भएको थियो जसमा चार आत्मघाती हमलाकारी सहित ५६ जनाको मृत्युु भएको थियो।
२२ नोभेम्बर: एन्जेला मर्केल जर्मनीको पहिलो महिला निर्वाचित चान्सलर बनेकी थिइन्।
२०११-२०२
२०१३-२०१४ - थाइल्यान्डमा राजनीतिक सङ्कट गहिरियो र सरकारद्वारा पछि सैनिक कानून घोषणा गरिएको थियो।
२०१४
२२ फेब्रुअरी: युक्रेनका राष्ट्रपति भिक्टर यानुकोभिचलाई युरोमैदान क्रान्तिको बीचमा अपदस्थ गरियो। त्यसपछि रूसद्वारा क्रिमियाको बिलय भयो र युक्रेन र रुस समर्थित पृथकतावादी बिच युद्ध सुरु भयो।
२६ मे: निर्वाचनमा स्पष्ट बहुमतका साथ नरेन्द्र मोदीभारतको १४औँ प्रधानमन्त्री बने।
८ जुलाई–२६ अगस्ट:गाजा पट्टीमा हमास र इजरायल राज्यबीचको तनाव फेरि बढ्यो।
१७ जुलाई: मलेसिया एयरलाइन्स उडान १७, एक नागरिक व्यावसायिक विमान, पूर्वी युक्रेनमा रुस समर्थक पृथकतावादी-नियन्त्रित क्षेत्रमा गोली हानियो।
सेप्टेम्बर देखि अक्टोबर: सिरियाली गृहयुद्धको समयमा, आतङ्कवादी समूह " इस्लामी राज्य"ले टर्कीको सीमा नजिकैको उत्तरी इराक र सिरियाका क्षेत्रहरू कब्जा गर्यो। संयुक्त राज्य अमेरिकाले आईएसआईएललाई नष्ट गर्न ३० भन्दा बढी देशहरूको गठबन्धनको नेतृत्व गरेको छ। यसैबीच, रुसद्वारा सिरिया, इराक र इरानसँगको गठबन्धनको नेतृत्व। रुसको सैन्य कारबाही सेप्टेम्बर ३०, २०१५ मा सुरु।
३१ अक्टोबर: बुर्किना फासोमा, राष्ट्रपति ब्लेज कम्पाओरेले व्यापक विरोधको बीचमा राजीनामा दिए पछी २७ वर्षको नेतृत्व समाप्त भयो।
१६ नोभेम्बर: रोमानियामा, क्लाउस इओहानिस नोभेम्बर २०१४ को चुनावमा विजयी, जातीय अल्पसंख्यकबाट आउने पहिलो रोमानियाली राष्ट्रपति बने।
१७ डिसेम्बर: संयुक्त राज्य अमेरिकाका राष्ट्रपति बाराक ओबामा र क्युबाका राष्ट्रपति राउल क्यास्ट्रोद्वारा दुई राष्ट्र बीचको ५४ वर्षदेखि चलिरहेको शत्रुताको अन्त्य गर्दै, क्युवा र संयुक्त राज्य अमेरिकाबीचको सम्बन्धलाई सामान्य बनाउने प्रक्रिया सुरु भएको घोषणा। यसैबीच, २० जुलाई २०१५ मा पूर्ण कूटनीतिक सम्बन्धका साथ दुवै देशका दूतावास पाँच दशकपछि खुला गरियो।
सन् २०२० को दशक
नयाँ देश र क्षेत्रीय परिवर्तन
२१औँ शताब्दीमा केही क्षेत्रहरू स्वतन्त्र भएका छन्। यो २१औँ शताब्दीमा स्वतन्त्रता प्राप्त गरेका र संयुक्त राष्ट्र सङ्घले मान्यता पाएका सार्वभौम राज्यहरूको सूची हो।
२०१४ - पश्चिम अफ्रिकामा इबोला भाइरस फैलियो, २०,००० भन्दा बढी केसको साथ, तत्कालीन समयको सबैभन्दा ठूलो महामारी बन्यो। अफ्रिका बाहिर पहिलो केसहरू रिपोर्ट गरिएको छ।
२०१९-वर्तमान: SARS-CoV-2 भाइरसको कारणले गर्दा विश्वव्यापी कोरोना महामारी फैलियो। यसले व्यापक सामाजिक र आर्थिक सङ्कट निम्त्याएको छ र २०२१ को शुरुवातमा २० लाख भन्दा बढीको मृत्यु भएको छ। [१५]
अर्थशास्त्र र उद्योग
२००० को दशकको उत्तरार्धको वित्तीय सङ्कटले ठूलो मन्दी निम्त्यायो, जुन २०१० को दशकको प्रारम्भमा रह्यो।
विकासशील देशहरूले विश्वको वृद्धिको ९७% ओगटेका छन्, र औद्योगिकीकरणले ब्रिक अर्थतन्त्रहरूको द्रुत वृद्धि भयो र विश्वव्यापी अर्थतन्त्रमा अमेरिकी प्रभुत्वलाई कमजोर बनायो।
दूरसञ्चार र यातायातमा भएको प्रगति, पूँजीवाद र लोकतन्त्रको विस्तार १९८० को दशक, र पछि स्वतन्त्र व्यापार सम्झौताहरू अभूतपूर्व विश्वव्यापी आर्थिक र सांस्कृतिक एकीकरण परिणाम छन्। अधिकांश अर्थशास्त्रीहरू स्वतन्त्र व्यापारले आर्थिक वृद्धि र साना व्यवसायहरू सहित अधिकांश मानिसहरूलाई फाइदा पुऱ्याउने विश्वास गर्छन्। [१६] हालैका वर्षहरूमा, तथापि, भूमण्डलीकरण विरुद्ध प्रतिक्रिया र केही नेता र राष्ट्रहरूमा संरक्षणवादी मनोवृत्तिमा फर्किएको छ, विशेष गरी संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प उदय र संयुक्त अधिराज्यद्वारा युरोपेली सङ्घ छोड्ने निर्णय यसका उदाहरण हुन्।